सोमबार ८८ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन् । त्यस्तै थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ५० सक्रिय संक्रमित आइशोलेशन र १०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्