नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा बस्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौं मा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्