एनसेलले ल्यायो अल नेपाल भ्वाइस प्याक अफर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् ।

सोमबार ९फागुन २३० देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइसप्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी रु ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८एष्ट्रिक्स३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् । अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्