एक लाख डाउनलोडसँगै आयो फाइनान्सियल नोटिसेसु एप नयाँ स्वरुपमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोड संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँप्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई–युएक्स मा परिवर्तन गरिएको हो ।

एप्सलाई आकर्षक ग्राफिक्स लेआउटमा परिवर्तन गरी प्रयोगकर्ताको उत्कृष्ट अनुभव समेटिने हिसाबले प्रयोगकर्ता मैत्रीबनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको कम्पनीले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषा छनोट गर्न मिल्ने, फिङ्गर प्रिन्ट वा पिनको सहायताले एप्स लक गर्न सकिने उक्त एप्स अबबाट डार्क मोडमा समेत प्रयोग गर्न सकिने भएको छ । व्यक्ति वा संस्थागत दैनिक खर्च र आम्दानीको हिसाब राख्ने फाइनान्स ट्रयाकर र कर्जा सापटी लेनदेनको हिसाब राख्ने क्रेडिट ट्रयाकरमा नयाँ सुविधा थप गरी व्यवस्थित गरिएको छ ।

त्यस्तै एप्समा लेजर बुकको सुविधा थप भएको छ, जसबाट प्रयोगकर्ताहरुले वस्तु खरिदबिक्रीका हिसाब तथा व्यावसायिक लेजर बुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने भएको छ । वित्तीय ट्रयाकरहरुमा प्रयोगकर्ताले विना इन्टरनेट वा अफलाइन भएको समयमा पनि आफ्नो हिसाब राख्न सक्नेछन् । त्यस्तै प्रयोगकर्ताले वित्त ट्रयाकरको डाटा सर्भरमा सेभ गर्ने कि मोबाइलमा मात्रै राख्ने भन्ने विकल्प छान्न सक्नेछन् । प्रयोगकर्ताको डाटा पूर्ण इन्क्रिप्टटेड गरी राखिने र यो पूर्णरुपमा निःशुल्क प्रयोग गर्न सकिने छ ।

सर्भरमा सेभ गर्दा मोबाइल हरायो वा नयाँ मोबाइल प्रयोग गर्दा पनि ब्याक अप गर्दाको युजर आइडी (इमेल) प्रयोग गरी आफ्नो डाटा सुरक्षित गर्न सकिनेछ । तर, मोबाइलमै सीमित गर्न चाहनेले सर्भरमा नपठाउने अप्सन छान्न सक्नेछन् । यसो गर्दा मोबाइल हरायो वा बिग्रियो भने डाटा सुरक्षित हुँदैन,’कम्पनीका प्रबन्धक प्रकाश अर्यालले भने  एप्समा नयाँ फिनटेक अफरहरु थप गरिएको छ जसबाट बैंक, वित्तीय संस्था र समग्र वित्तीय क्षेत्रका नयाँ प्रोडक्ट र सुविधाबारे जानकारी लिन सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्