‘राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्याउनुपर्छ’ : मन्त्री रेग्मी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुयाउनुपर्ने बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्याउनुपर्छ पर्ने बताएका हुन् ।

राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने उनले उल्लेख गरे । मन्त्री रेग्मीले अझैपनि घर घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घट्ना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताए । मन्त्री रेग्मीले महिलाहरुको आर्थिक जिवनस्तरमाथि उठाउनुपर्नेमा जोड दिए ।

पुरुष मानसिकतामा परिवर्तन नभएसम्म महिला हिंसा अन्त्य हुन असम्भव रहेकाले आगामी दिनमा महिला हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि सहभागि गराउनुपर्ने उनले बताए ।  महिलाहरुलाई उद्यमशील बनाउनका लागि सरकारले कार्यक्रम सञ्चालन गर्ने पनि मन्त्री रेग्मीले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्