स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरुमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति अध्यक्ष ओलीको आपत्ति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरुमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने समेत बताए ।

उनले निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए निर्वाचन आयोगले त्रुटी सच्याउन आवश्यक रहेको बताए । अध्यक्ष ओलीले बढ्ता भाग्यमानीले मात्रै छोरी पाउने बताए । उनले छोरी पाउनेहरुले बुढेसकालमा सहारा दिने उल्लेख गर्दै छोरीलाई स्वतन्त्र चेतनाका साथ बाच्न पाउने, उचित शिक्षा, दिक्षा दिनेतर्फ अभिभावकले सोच्नुपर्ने बताए । अध्यक्ष ओलीले छोरीहरुका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताए । उनले अबका दिनमा छोरीहरुले रोजगारीका अवसर छोडे भने छोराहरुले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताए ।

अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरुमा नेकपा एमालेको बिरुद्ध प्रयोग भइरहेको बताए । उनले सभामुखको अहिलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाए । अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरुलाई अनुरोध गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्