नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२घण्टा) संचालन हुने अस्पतालले जनाएको छ ।

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरमा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान पुनः सुरु भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्