बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परिक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ स्य ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन् । हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्