‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि यही ढंगले हुँदै गए प्रतिमहिना १० अर्ब घाटामा जाने’ :आयल निगम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ । रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले प्रेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ ।

निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा २ अर्ब रुपैयाँ नोक्सान र महिनाको ५ अर्ब घाटामा पुगेको अवस्था रहेको छ ।  बुधबार सिंहदरवारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै नेपाल आयल निगमका निमित कार्यकारी निर्देशक ई.सुशील भट्टराईले अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने बताए । उनले अब निगम घाटामा जाने कुरा मात्रै नभएर आगामी दिन खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको बताए ।

चालु आर्थिक वर्षको साउन देखि फागुनसम्म निगम करिव २८ अर्ब घाटामा गएको कार्यकारी निर्देशक भट्टराईले समितिलाई जानकारी दिए ।  उनले २८ अर्ब घाटा मध्ये १५ अर्ब खाना पकाउने एलपी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपैयाँ घाटा रहेको बताए । अहिले निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात ५ करोड लिटर मौज्दात रहेको आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको भटट्राईले जानकारी दिए । त्यस्तै कार्यकारी निर्देशक भट्टराईले आयल निगम प्रतिमहिना न्युनत २ अर्ब र बढीमा ६ अर्बले घाटामा रहेकाले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेको सबै नाफा समेत सकिएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यस्थितिमा पुगेको दाबी गरे ।

त्यस्तै,समितिको छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताए । उनले अहिलेको अवस्थामा आयल निगमलाई बचाउनको लागि सबैको सहयोग माग गरे । पछिल्लो समय रुस र युक्रेनबीच तनावको कारण पेट्रोलिय पदार्थको मूल्य अत्याधिक बढेकाले अझै बढ्दै जाने संकेत रहेको पाण्डेको भनाई छ । उनले सबै निकायसँग भएको रकम निकालेर अहिलेसम्म खरिद गरेको रकम भुक्तानी गरेको तर अब कसरी भुक्तनी गर्ने समस्या भएको बताए । सरकारले अब पेट्रोलियम .पदार्थको खपत कम गर्ने विषयमा छलफल अगाडि बढाएको पनि पाण्डेले जानकारी दिए । उनले नेपालमा तत्काल पेट्रोलिय पदार्थको विकल्प पनि नभएको दाबी गरे ।

अहिले व्यवसायीहरुले निगमलाई अफ्ठ्यारो परेको अवस्थामा पेट्रोल ढुवानी बन्द गरेकाले निगमले व्यवसायीलाई घाटा हुने गरी काम नगर्ने पाण्डेले बताए । सचिव पाण्डेले आयल निगम बच्यो भने मात्रै व्यवसायीहरु पनि बच्ने हुँदा ढुवानी खोल्न व्यवसायीलाई आग्रह गरे । त्यस्तै ,नेपाली कांग्रसका सांसद प्रकाश रसाइलीले आयल निगमको बुढीगण्डकी बनाउन लिइएको पूर्वाधार कर घटाउनु पर्ने बताए । सांसद रसाइलीले सरकारका हरेक अर्थमन्त्रीले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्र्दै विद्युतीय सामग्रीमा भन्सार छुट गर्ने काम मात्रै भएको बताए । उनले निगम नाफा भएको बेला पूर्वाधार निर्माणमा रकम लगाउने ,बोनस खाने भएकाले पनि अहिले समस्या आएको आरोप लगाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्