अखिल नेपाल किसान महासंघद्दारा हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै विरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए ।

उनले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे । अध्यक्ष दङगोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समय देखि निक्मा भएर बसेको बताए । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गरे ।

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पिडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्