जंगे बनेका अध्यक्ष दाहाल र नेपाल अहिले बुंगे भएको अध्यक्ष ओलीको टिप्पणी

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गरेका छन् । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताए । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए । अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएको बताए । उनले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताए । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताए । उनले अहिले भइरहेका जालझेललाई आगामी निर्वाचनबाट ध्वस्त बनाइने पनि दाबी गरे ।

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गरे । उनलेसरकार ढालेँ भन्नेहरु अहिले अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताए । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्