दुवै मिर्गौला पिडितलाई दुई लाख बढि आर्थिक सहयोग प्रदान

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास –१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । उपचारका क्रममा रहेकी उनीलाई कमिटीले रु दुई लाख सात हजार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलनगरी सहयोग गरेको हो ।

वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्यलगायतले खुश्बुका श्रीमान् कोमबहादुर रानालाई संयुक्तरूपमा उक्त रकम शनिबार हस्तान्तरण गरो हुन् । अर्थावस्था नाजुक खुश्बुको उपचारका लागि उक्त रकम सङ्कलन भएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्