काभ्रेको मिर्मिरेले बुद्धज्योतीलाई प्राप्ती गर्न गर्यो सम्झौतापत्रमा हस्ताक्षर

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघ्वित्त वित्तीय संस्था लि।ले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्था लि।लाई प्राप्ती गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि।का संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो ।

संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्