जसपाको आइतबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा स्थानीय निर्वाचन बारेमा छलफल गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

काठमाडौंमा आज (आईतवार) बाट शुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रश्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्