सार्वजनिक यातायातको चैत ८ गते देखि नयाँ भाडादर तोक्ने यातायात व्यवसायीको चेतावनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए अनुसार चैत ७ सम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।

आइतबार यातायात व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा समेत सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । सरकारले गत असार २७ गते समायोजन गरेको भाडा अहिलेसम्म लागू भइरहेको छ ।

सरकारले भाडा समायोजन गर्दा डिजेलको मूल्य १०४ हुँदा थियो तर अहिले २७.८८ प्रतिशतले बढेर १३३ पुग्दासमेत भाडा यथावत् यातायात व्यवसायीहरुले लागत धान्न नसकेको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले चैत सात गतेभित्र वैज्ञानिकरुपले भाडादर समायोजन नगरे यातायात व्यवसायीले आफै भाडा बढाउने बताए । उनले सरकारले बनाएको वैज्ञानिक भाडादरको मापदण्ड अनुसार नै भाडा समायोजन गर्ने चेतावनी दिए ।

अहिले यातायात सञ्चालनको लागत बढ्दा बैंकहरुलाई किस्ता समेत तीर्न सक्ने स्थितिमा व्यवसायी नभएको उनको भनाई छ । अध्यक्ष कर्मार्चायले वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९. ०३, ट्रक (पहाड) को ११ .८२ र ट्रक (तराई) को १३ .१३ प्रतिशत लागत वृद्धि भएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्