कांग्रेस सर्लाहीको सभापतिमा सिंह निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी भएका छन् । उनले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित भएका हुन् । रायले रायले एक हजार ३७८ मत प्राप्त गगरेका थिए । जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गरेका थिए ।

१४ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी,डा सरोजकुमार, शेख सदुल्लाहल निर्वाचित भएका छन् । त्यस्तै सचिबमा नीरज कार्की,सहसचिव इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भएका निर्वाचन समितिले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्