निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी पुनस् निर्वाचित भएका हुन् । सिंहले ७६५ मत प्राप्त गरेका । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा एडी निर्वाचित भएका छन् ।

यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश स् रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएको महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले राससलाई जानकारी दिए ।

महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमहासचिव नीतिगत तर्फ शिवहरि घिमिरे र उपमहासचिव आन्तरिक तर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्