ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरु “Smart Choice Technologies”  “Fone Pay” सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्