उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएक छन् ।  २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, शिरिष पन्त, सुमन श्रेष्ठ र चिरञ्जीवी सुवेदी निर्वाचित भएका थिए ।

यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयीभएक छन् । यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन् । फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि सङ्घको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएको छ ।

उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भईसकेका छन् । सङ्घमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । सङ्घका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्