चितवानमा चैतको दोस्रो साततमा चार दिन कृषि कर्जा मेला हुने

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ ।  आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।

मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताए । उनले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताए । सिईओ साहले नेपालको कृषिलाई पुरानो शैलीबाट नभइ अब नयाँ प्रविधिबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । उनले नेपालमा पर्यटन र कृषिको भविष्य राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय बैंकहरुले पनि कृषिमा लगानी गरिरहेको बताए ।

त्यस्तै नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए । उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उहाँले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताए । कार्यकारी निर्देशक शर्माले वास्तविक किसानहरुले सहुलियत र बिना धितो कर्जा कसरी पाउने भन्ने बारेमा सूचना फैलाउने काम गर्न पनि आवश्यक रहेको औँल्याए । कार्यकारी निर्देशक शर्माले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्