मंगलबार नेप्से परिसूचक १७.१५ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा कारोबार हुने १० ठूला कम्पनी मध्ये ९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाले नेप्से परिसूचकमा करेक्सन आएको हो । नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी  उपसमूहको परिसूचक घटेको छ ।

जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । मंगलबार कारोबारमा आएका मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य साढे ६ प्रतिशत भन्दाबढी बढेको छ । तर नेपाल टेलिकमको शेयरमूल्य ५.१३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ३४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम नै शीर्ष स्थानमा रहेको छ । अपि पावर, नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्