बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच समझौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्र भन्दा बाहिर रहेका महानुभावहरुलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ पहुँचमा ल्याउने लक्ष्यले सम्झौता गरेको हो । उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरे तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका हुन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्