जनकपुरमा आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामी बढ्दै

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरुमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो । विगत भन्दा अहिले आएर आयुर्वेदतर्फ सर्वसाधारणहरुको रुची बढन थालेको छ ।

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अगाडीसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि यहाँ आउने गर्थे । तर, आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीयबासीहरु बताउँछन् । औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाईका बिरामीहरु अत्याधिक आउने गरेका छन् । कतिपय व्यक्तिहरु भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् । निको भएपछि गाउँ–गाउँमा प्रचार गरिएकाले समेत अस्पतालमा बिरामीहरु धरै हुुने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

घरेलु रुपमा आयुर्वेेद पद्धतिबाट उपचार गर्नेहरु पनि आजभोलि औषधालय आइपुग्ने गरेका छन् । नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ । स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा. सिमा झाले बताए । उनले अस्पतालको स्तर वृद्धि गरेर प्रादेशिक अस्पतालको रुपमा नै जानुपर्ने आवश्यकता रहेको बताए ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ । आयुर्वेद पूर्वीय चिकित्सा पद्धति हो । तर, आयुर्वेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ । औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्