बजाज अटोले ल्यायो पाँचको पन्च नयाँ वर्ष योजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बजाज अटोले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बजाज पाँचको पन्च नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका दिने भएको हो । । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी गराएको छ ।

यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटकसम्म निःशुल्क गरिएको छ । साथै, बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्न सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्