बैतडीमा कोरोना संक्रमण भयो शून्य

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने , “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्