पालुङ्गमा एक घर एक धारा जडान, कुवा धाउनुपर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घरघरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।

पानीको अभावका कारण घण्टौँ समय खर्चिनुपर्ने अवस्थामा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी उत्साहित भएका छन् । करिब रु १० लाख ७१ हजार ७२६ बजेटबाट खानेपानी योजना पूरा गरी ४२ घरमा खानेपानीको धारा जडान गरिएको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले एक घर एक धारा जडान कार्यक्रमको उद्घाटन गर्दै नागरिकका आधारभूत समस्या समाधानमा गाउँपालिका लागि परेको बताए । गाउँपालिका उपाध्यक्ष लक्ष्मीखनालले नागरिकलाई एक घर एक धारा अभियानअन्तर्गत खानेपानी योजना सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएको बताए ।

उनले खानेपानीको सुविधा सम्पन्न भएपछि सबैभन्दा बढी फाइदा महिला तथा बालबालिकालाई भएको छ भने । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्