स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको अध्यक्ष दाहालको दावी

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गरेका छन् ।

अध्यक्ष दाहालले जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको बताएका हुन् । आईतबार बिहान पोखराका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महसुस जनताले गरेको भन्दै स्थानीय तह निर्वाचनमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे । संविधान बचाउने, देश बचाउने, लोकतन्त्र बचाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने काम माओवादीबाटै सम्भव हुने भएकाले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न सहज हुने अध्यक्ष दाहालको तर्क थियो । उनले स्थानीय तहको निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि दोहोयाए ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै त्यस प्रक्रियामा सामेल हुन पनि सबैलाई आह्वान गरे । उनले जनतासँगको सम्बन्धलाई बलियो बनाएर निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष दाहालले एमसीसी संसदबाट पारित गर्नुपर्छ भन्ने पक्षमा प्रमुख प्रतिपक्ष दल एमालेलेको पनि मत रहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्