कालिमाटी तरकारी बजारमा १५ वर्षे स्टल भाडाको सम्झौता सकिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारको ०६५ साउनमा भएको स्टल भाडा सम्झौताको अवधि ०८० असारमा सकिँदै छ ।  काठमाडौं उपत्यकाकै ७० प्रतिशतभन्दा बढी तरकारी धान्ने स्थानको भाडा अवधि सकिन करिब चार महिना मात्र रहेपछि बिचौलियाहरू पुनः सक्रिय हुन थालेका हुन् ।

स्टलभित्रैका केही व्यापारीहरू पनि अवधि नवीकरण गरेर लम्ब्याउन लबिङ गरिरहेका छन् । मन्त्रालयका कर्मचारी, विभागदेखि राजनीतिक दलका नेताहरूमार्फत अवधि लम्ब्याउन र टेन्डर पारिदिन लबिङ भइरहेको समितिका एक अधिकारीले बताए । ‘अब अवधि सकिन लाग्यो, जसरी हुन्छ फलानोलाई स्टल पारिदिनुहोस् भन्दै फोन आउन थालिसक्यो,’ उनले भने, ‘तर यसपटक पहिलाजस्तो गल्ती गर्दैनौँ, कार्यविधि बनाएर अघि बढ्ने र त्यसैअनुसार योग्य व्यक्तिले मात्र स्टल पाउनेछन् ।’ तरकारी तथा फलफूल बजारले अहिले प्रतिस्टल को भाडा आठदेखि १८ हजारसम्म लिने गरेको पाइन्छ ।

भाडादर हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अब पाँच वर्षका लागि मात्रै सम्झौता गर्ने तयारी गरेको छ । सोहीअनुसारको मस्यौदा तयार गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गरिसकेको छ । १५ वर्षको सम्झौता खारेज भएसँगै कृषि मन्त्रालय, कृषि विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार समितिको रोहबरमा स्टल भाडासम्बन्धी कार्यविधि, २०७६ तयार पारेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्