महालक्ष्मी विकास बैंकले गर्यो विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित सुर्यचन्द प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । एक शाखा, एक सामाजिक उत्तरदायित्व को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सहयोग गरेको हो ।

महालक्ष्मी विकास बैंक सुर्यचन्द प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक-एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको कुरा महालक्ष्मी विकास बैंक शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी गराए । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको हो ।

सरसफाइ सामाग्र्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्