राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा विस्तार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा नयाँ शाखा विस्तार गरेको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेका छन् ।

नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक ए।हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन् । लघुवित्तका पिता फादर अफ माइक्रोफाइनान्स एवम् ग्रामीण ट्रष्ट बंगलादेशका अध्यक्ष प्रो। मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस–पोखरा शाखा स्थापना गरेको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा। रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो ।

एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए । राष्ट्र बैंकका प्रमुख डा। खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले युनुस–पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रो।युनुस एक बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन् । जसलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अग्रगामी गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्