खल्तीले ल्यायो प्रतिदिन १ लाखसम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ । यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने सुविधा उपलब्ध गराएको हो ।

यो अफर प्रयोगकर्ताहरुका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन १ लाख रहेको छ । तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर चैत्र ७ गते देखि बैशाख ६ गते सम्म लागु हुनेछ ।

खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्