‘संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरुले ध्यान दिनुपर्छ’ : उपमहासचिव ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार कुमार ज्ञवालीले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरुले ध्यान दिनुपर्ने बताए । सोमवार ५७औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेदविरुद्धको दिवसको सन्दर्भ पारेर अनेरास्ववियु उत्पीडित केन्द्रीय सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको ‘नेपाली दलित आन्दोलनको समिक्षा र आगामी कार्यदिशा’ विषयक बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले संविधान र कानूनले दलित समुदायलाई दिएको अधिकारहरुको बारेमा सो समुदायलाई जागृत गर्नुपर्ने बताए । दलित समुदायमाथि भएका अन्यायको सम्बन्धमा अदालतले समेत समयमा फैसला नगर्ने गरेको भन्दै उनले जातिय विभेद र छुवाछुतको मुद्दामा अदालत पनि सम्वेदनशील हुनुपर्ने बताए । उनले संविधान र कानूनले दलित समुदायलाई दिएका अधिकार कार्यान्वयनका लागि राज्यका अंगहरुलाई घच्घचाउनुपर्नेमा जोड दिए । उपमहासचिव ज्ञवालीले दलित समुदायलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनेतर्फ पनि सोच्नुपर्ने बताए । मानव विकास सुचकांकमा दलित समुदाय सबैभन्दा तल रहेको भन्दै उनले सो समुदायलाई माथि ल्याउनेर्फ अबको एजेण्डा केन्द्रीत हुनुपर्ने उनले बताए ।

राज्यका सबै अंगहरुमा दलित समुदायको सहभागितालाइ बढाउनुपर्ने र नीजि क्षेत्रमा पनि सहभागिता गराउनुपर्ने उनको भनाई छ । दलित समुदायको आर्थिक, सामाजिक रुपान्तरण र सबैतिर सहज सहभागिताका लागि राजनीतिक दलहरुले अगुवाइ गर्नुपर्ने उपमहासचिव ज्ञवालीले बताए । उहाँले विभेदकारी व्यवहारको अन्त्य गर्दै मान्छेलाई मान्छेको आँखाले हेर्नुपर्ने बताए

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्