गैरआवासीय नेपाली संघको १०औं महाधिवेशन चैत्र १० र ११ काठमाडौंमा हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन चैत्र १० र ११ काठमाण्डौमा हुने भएको छ । मंगलवार गैर आवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भुमिका खेल्ने बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए । त्यस्तै अध्यक्षका उम्मेदवार डा.बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए ।

त्यस्तै अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैर आवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए । त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताए । उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताए ।

एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्