‘मन्त्रीपरिषद हेरफेर हुने सम्भावना रहेकौ छ’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीपरिषद हेरफेर हुने सम्भावना रहेको बताएका छन् । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनभित्र औंपचारिक रुपमा टुंगो नलागेपनि मन्त्रीपरिषद हेरफेर हुने संकेत गरेका हुन् ।

मंगलबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले मन्त्रीपरिषद हेरफेर भए आफ्नो पार्टीलाई थप मन्त्रालय दिन माग गरेको र त्यसमा सहमत हुनु भएको दावी समेत गरे । अध्यक्ष दाहालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भएपनि सत्तारुढ गठबन्धनमा सो विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडने तयारी गरेको पनि दोहो¥याए । तर राम्रो परिणाम ल्याउनका लागि भने सत्तारुढ गठबन्धनलाई पनि साथमा लिएर जाने विषयमा आफूहरुले ध्यान दिएको उनको भनाई थियो ।

अध्यक्ष दाहाल मधेश प्रदेशको स्थानीय तह निर्वाचन केन्द्रित पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन जनकपुर पुग्नु भएको हो । यस अघि माओवादी केन्द्रले भूगोलको ७ र गैरभूगोलको २ गरेर नौं वटा प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्