स्थानियतहको पाँच बर्ष : फेरियो सिसाखानीको मुहार

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । सधैं दुर्गम र बिकटको संज्ञा पाइरहने बडिगाडको सिसाखानी सडक सञ्जालले घेरिँदैछ । सडक सञ्जालले घेरिएसँगै सिसाखानीले दुर्गमको आफ्नो परिचय बदलेको छ । गाउँगाउँमा सडक सुविधा पुगेको छ । ठाउँ–ठाउँमा स्वास्थ्य इकाई, स्वच्छ खानेपानी लगाएतका बिकासका योजनाहरु कतै सञ्चालित त कतै सम्पन्न भएका छन् । सिसाखानी फेरिएको छ । यसो त स्थानीय तहको निर्वाचनपछि सिसाखानीको मुहार फेरिएको हो ।

जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र र स्थानीय तहको सहकार्यमा सिसाखानीका गाउँ बस्तीहरु सडक सञ्जालले घेरिएका छन् । ५ बर्ष अघिसम्म गाउँपालिकाका १० वटै वडामध्ये विकट र विकासका दृष्टिले पछि परेको वडाको रुपमा सिसाखानी परिचित थियो । विगतदेखि नै सिसाखानीले ‘विकट’को उपमा पाइरहेको थियो । बाटोघाटो, खानेपानी, स्वास्थ्य सेवा लगायतको सेवासुविधा पर्याप्त नहुँदा सिसाखानी विकट मानिएको हो । तर, अहिले विस्तारै आफ्नो परिचय बदल्ने लयमा अघि बढिरहेको छ ।

विकास भएको त्यो बेला देखिन्छ, जतिबेला गाउँठाउँमा बाटाहरु पुग्छन् । अहिले नयाँ बाटाहरु बन्नुका साथै सडक विस्तारलाई अभियानकै रुपमा अघि बढाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरु जेलिँदै गएका छन् । पाँच वर्ष पहिलेमात्रै पनि सिसाखानीबाट बजार झर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने गथ्र्यो । मोटरबाटोले गाउँहरु जोडिएका थिएनन् । त्यसले गर्दा सिसाखानीबासी घण्टौँ लगाएर दैनिक उपभोग्य सामान घोँडाखच्चडमा ढुवानी गर्थे । तर घोँडाखच्चड हिँड्ने गोरेटो बाटो अहिले मोटरबाटोमा परिणत भएका छन् ।भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको थियो । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहयोग र सहकार्यमा यहाँका विभिन्न सडक निर्माण भएको वडा अध्यक्ष खडक पुनले बताए ।

गाउँ–गाउँमा सडक पुगेपछि आमनागरिकको दैनिकी फेरिएको छ । जनप्रतिनिधि आएपछि सिसाखानीको विकासमा तीव्रता आएको छ । एउटा सडक बडिगाडको खरबाङ देखि भलामी हुँदै गल्कोटको पाण्डबखानीसँग जोडिएको छ । भालमी, साल्फेद सिसाखानी सडक पनि अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै गल्कोट कै रिघा, बडिगाडको जलजला र दगातुम्डाँडा सँग पनि सडक सञ्जाल जोडिएको छ । साबिक गा।बि।स का सबै वडाका बस्तिहरुमा सडक सञ्जाल पुगेको अध्यक्ष पुनको भनाई छ । यसका साथै वडामा कार्यालय भवन पनि निर्माण भैरहेको छ । साबिक ७, ८ र ९ मा आधारभुत बिद्यालयको स्तर उन्नति समेत भैरहेको पुनले बताए ।

गुणस्तरिय स्वास्थ्य सेवाका लागि ३ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई

हरेक समुदायका आम नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन वडाका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यले वडाका बिकट क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । सामान्य विरामी हुँदा पनि घण्टौं हिड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । सामान्य टाउको दुख्दा पनि एक चक्की सिटामोल लिन घण्टौ लामो पैदल हिडेर स्वास्थ्य चौकीसम्म पुग्नु पर्ने बाध्यता अहिले सामुदायिक स्वास्थ्य इकाइको स्थापना भएपछि रोकिएको सेवाग्राहीको भनाइ छ ।

सिसाखानीमा साबिक ७, ८, ९ का जनाताई लक्षित गरी सत्डाँडा सामुदायिक स्वास्थ्य ईकाईले सेवा दिइरहेको छ । , ५ र ६ का जनताका सेवाको लागि चम्लाफेदमा इकाई केन्द्र निर्माणको अन्तिम चरणमा छ भने साविक ३ नं का पनि किटेनीमा भवन निर्माण हुँदै छ । नेपाल सरकारको एक वडा एक स्वास्थ्य चौकीको नीति अनुरुप स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी रहेको अध्यक्ष खडक पुनले बताए ।

उनले भने ‘जनतलाई पायक पर्ने र ठुलो भूगोलमा बस्ने सर्वसाधारणलाई स्वास्थ्यको सहज पहुृका दिने उद्देश्यका साथ यो वर्ष दुई स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्दै छौँ, एक ठाउँमा पहिले नैै स्थापना गरिसकिएको छ ।’ आफ्नै गाउँघरमा सहज रुपमा स्वास्थ्य सेवा लिए पछि निकै खुशी भएको स्थानिय बोम बहादुर थापाले बताए । उनले भने ‘पहिला सामान्य टाउको दुख्दा पनि २ घण्टा पैदल हिडेर सिसाखानीको माझगाउँ जानुपर्ने बाध्यता थियो । त्यो बाध्यता अव हटेको छ ।’

बिभिन्न ठाउँमा एक घर एक धारा

वडाका बिभिन्न ठाउँमा एक घर एक धारा अन्तरगत केही योजना सम्पन्न भएका छन् भने केही निर्माणाधिन अवस्थामा रहेका छन् । धाराखोला खानेपानी योजना अन्तरगत साबिक ४, ५ र ६ का लगभग ७० घरधुरी लाभाम्बित भएका छन् । बजेनी, चम्लाफेद लगाएतका स्थानमा घरघरमा खानेपानी पुगेपछि स्थानिय खुसि भएका छन् । यस्तै १ सय बढी घरधुरी लाभाम्बित हुने गरी साविक ७, ८ र ९ मा सोलिघोप्टे खानेपानी आयोजनाको ७० प्रतिशत काम सकिएको बताइएको छ ।

“अग्ला डाडाँहरुमा गाउँहरु छन्, नजिकमा मुहान कुनै बस्तिमा छैन् साना योजनाले जनतालाई पाइने खुवाउन गाह्रो छ, केन्द्र र प्रदेशको मुख ताक्दा खानेपानीमा सोँचे जति सफलता पाउन नसकेको वडा अध्यक्ष पुनको भनाई छ । खानेपानी कै अभावमा रहेका साविक सिसाखानी १, २ र ३ का जनतालाई लिफ्टिङ बाहेक अर्को योजनाबाट पानी खुवाउन सम्भव नरहेकाले अलि ढिलो भएको पुनले बताए । वडा अध्यक्ष पुनका अनुसार वडामा, खरका छानामुक्त गराउने, सामुदायिक  भवन  पुल–पुलेसा, मठ–मन्दिर, सिँचाई, केन्द्रिय बिद्युत् बिस्तार, इन्टरनेट बिस्तार लगाएतका काम भैरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्