बिहिबार नेप्से परिसूचक १६.६९ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको अन्तिम दिन बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने २ वटा उपसमूहको वृद्धि भएको देखिएको छ । जसमा जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि बिहिबार राष्ट्र उत्थान लघुवित्त र इमर्जीङ नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै नाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशतले घटेको छ । कारोबारको रकमको आधारमा बिहीबार जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्