‘श्रीलंकाजस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस्’ : अनुसा थापा

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । पछिल्लो समय बैंक तथा सहकारीमा तरलताको अभाव भएको प्रष्टै देखिन्छ । थोरै रकम दिनसक्ने स्थिति पनि वित्तिय संस्थाको छैन् । यता, सर्वसाधारणहरु आफुलाई पैसाको खाँचो परेर बैंक पुगेभने पनि उनीहरुले आफुलाई चाहिएको जति रकम पाउदैनन् । आफुसंग भएको पैसाको सुरक्षा हुन्छ, बचत हुन्छ, व्याज आउछ र खाँचो परेको बेला चलाउन पाइन्छ भन्ने मनशायले राखेको पैसा पाइदैन् । आफुले जम्मा गरेको रकम पाउन पनि निकै सकस परेको छ । आफ्नो खातामा पन्ध्र लाख छ, पाँच लाखको चेक लिएर जाँदा पनि बैंकले दिन सक्दैन् । एकलाख रुपैंया लिएर जानुस् भन्छन् । सहकारीले त एकलाखको चेक लादा २५ हजार दिएर पठाउछन् । पछिल्लो समय वित्तिय संस्थाका अध्यक्षहरु कार्यालयमा कमै मात्र भेटिन्छन् । अध्यक्ष आफ्नै घरमा भएपनि बाहिर गएको बहाना बनाउछन् कर्मचारी । चेक साट्न आउनेलाई झुल्याउनका लागि उनीहरुले चाहिदो नचाहिदो नानाथरीका कुरा गर्छन् । क्यास काउण्टरमा बस्ने कर्मचारीहरुले अध्यक्ष आएपछि कुरा गर्नुस् भन्छन् चेक साट्नबाट पन्छिन् । अहिले धेरै वित्तिय संस्थाहरुमा यो समस्या भएको पाइन्छ । चेक साट्न गएकाहरु रित्तो हात फर्किन बाध्य छन् ।

हिजो व्याज बढी दिन्छु भन्ने प्रलोभनमा पारेर आफ्नो संस्थामा ल्याएर बचत गर्न लगाए । अहिले अवधि पुगिसकेपनि निकाल्न जाँदा पैसा पाइदैन् । यता, सहकारीले बजार प्रतिनिधि राखेर बजारबाट दिनहु रकम उठाउने गरेका छन् । तर, सर्वसाधारणले सहकारीमा पनि पैसा राख्न छोडिसकेका छन् । जसले सहकारीमा पुगेर सत्यतथ्य पत्ता लगाइसकेको छ उसले थप पैसा राख्न छोडेको छ । बरु, आफ्नो रकम कसरी निकाल्ने यसको खोजीमा लागिपरेका छन् । जसलाई सहकारीको भएको आर्थिक अभावबारे ज्ञान छैन् उसले थप रकम राखिरहेको छ । सहकारीहरु जतिबेला पनि डुब्नसक्ने स्थितिमा आइसकेका छन् । सर्वसाधारणसहित व्यापारीहरुले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । जसले गर्दा कतिपय सहकारीहरु व्याजदरको दायरा बढाएका छन् । सहकारीहरुले १७ देखि १८ प्रतिशतसम्म व्याजदर दिने भनेर बजारमा प्रतिनिधि खटाइरहेका छन् । यता, निजी बैंकहरुले भने १३ देखि १४ प्रतिशत व्याज दिने भनेको विषयमा सर्वसाधारणहरु छलफल गरिरहेको भेटिन्छन् । तर, व्याजको प्रलोभनमा पर्दा कतिखेर करोडपतिबाट रोडपति भन्ने यसको ठेगान छैन् । कतिले व्याजको लोभमा परेर आफ्नो घरजग्गा बेचेर बैंकमा पैसा राखेका छन् ।

कर्जाको आशमा परेर धेरै मानिसले सहकारीमा दिनहु पैसा जम्मा गर्छन् । आपतविपत पर्दा पनि बैंक तथा सहकारीबाट पैसा पाउने स्थिति छैन् । बरु, आफुसंग भएको गरगहना माडाका लगेर मँहगो व्याजमा चलाउनुपर्ने बाध्यता छ । बैकफाइनेन्सहरुले केलाई जनताको पैसा फिर्ता नगरेको रु हिजो विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने । अहिले आपतविपत पर्दा पनि नदिने रु बैंकफाइनेन्सले चाहिएको बेला पैसा दिन नसक्दा उनीहरुबाट जनताको विश्वास उठेको छ । त्यसैले, अहिले बैंकफाइनेन्समा पैसा राख्नेको संख्या निकै नै न्युन छ । बरु, उनीहरुले आफुसंग भएको रकम आफ्नै घरमा राख्छन् । केही दिनअघि एउटा कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सर्वसाधारणले सिरानी र डस्नामुनि लुकाएर राखेर पैसा बजारमा ल्याउछु भनेका थिए । बैंकफाइनेन्समा पैसाको अभाव हुन थालेपछि अर्थमन्त्रीले सो प्रतिक्रिया दिएको हुन् । सर्वसाधारणले आफुसंग भएको पैसा घरमै राख्न थालेपछि बैंकफाइनेन्स टाठ पल्टिएको छ भने अर्थतन्त्रलाई ठुलो धक्का पुगेको पाइन्छ ।

अर्थमन्त्रीले यति भन्नेबित्तिकै कतै पाँचसय र हजारको नोटमा प्रतिबन्ध त लगाउन लाएको होइन् भन्ने कुरा सर्वसाधारणहरुको मनमा पप्यो । तरलताको अभाव हुन थालेपछि अर्थमन्त्रीले पाँचसय र हजारको नोटमा प्रतिबन्ध लगाउन खोजेको देखिन्छ । सरकारले यो नियम लागु गर्दा भ्रष्ट्राचार गरेका, राजस्व छली गरेका यो सबै रकम बाहिर आँउछ । यता, तोकिएको समयमा पाँचसय र हजारको नोट नबुझाएको त्यो खोस्टा बन्छ । सरकारले यो निर्णय गर्न ढिलो भइसकेको छ । विपक्ष पार्टीका नेता केपी शर्मा ओलीले पनि अर्थतन्त्र टठ पल्टेको बताउछन् । देश संकटमा परेको कुरा उनले बारम्बार भनिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य राजनितिक दलको पनि उही सुझाव छ । प्रधानमन्त्री देउवाले व्यापार घाटा हुँदा अर्थतन्त्रलाई ठुलो धक्का पुगेको बताएका छन् । व्यापार घाटा हुँदा नेपालमा धेरै आर्थिक संकट हुने देखिन्छ । यता, उधोग व्यवसायीहरु पनि व्यापार व्यवसाय डुब्ने अवस्थामा पुगेको बताउछन् । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समेत ठुलो आर्थिक संकट निम्तिने बताए । उनले एक कार्यक्रममा देशका व्यापार व्यवसाय सबै डुब्ने अवस्थामा आइसकेको बताएका हुन् । साथै, ३५ वर्षसम्म यस्तो किसिमले अर्थतन्त्र टाठ पल्टिएको आजसम्म नदेखेको उनको भनाइ छ ।

अबको एकवर्षको अवधिमा नेपाल पनि श्रीलंकाजस्तै हुने देखिन्छ । अहिले श्रीलंकामा कागज नपाएर विद्यार्थीको परीक्षा रोक्नुपर्ने बाध्यता आएको छ । त्यसैगरी, दिनभर कुरेर पेट्रोल भर्न त्यहाका नागरिकहरु लाइन बसिरहेको देखिन्छ । नेपाल पनि उही स्थानमा गनिन धेरै बेर नलाग्ने निश्चित देखिएको छ । मुलुकमा यसरी नै व्यापार घाटा हुने भने श्रीलंकासंगै दाजिनेछ । विगत एकडेढ वर्षदेखि अर्थतन्त्र धरासायी बनेको छ । तापनि सरकारले यसलाई ख्यालख्याल सोच्यो । बाहिरी मुलुकबाट आउने सबै सामानहरुमा प्रतिबन्ध लगाइदिएको भए, घरजग्गा, शेयर र निजी गाडीमा कर्जा बन्द गरिदिएको भए आज यस्तो स्थिति आउदैनथ्यो । घुस पाउने लोभमा गाडी, घरजग्गा र शेयरहरुलाई कर्जा दिने क्रम जारी नै छ । शेयरमा लगानी गर्नेजति सबै डुबिसकेका छन् । शेयर लगानीकर्तालाई रुनु न हास्नु भएको बेला पनि बैंकफाइनेन्सले यस्तैमा कर्जा दिइरहेको छ । निजी प्लेटमा पनि उस्तै छ । एकसाताको अन्तरमा आधा मुल्य घट्छ । तापनि कसले किन्ने रु घरजग्गाको मुल्य पनि स्वाटै घटेको छ भने किनबेच हुने क्रम रोकिएको छ । घरजग्गा किन्नका एकदुई जना पनि भेटिदैनन् । बैंकफाइनेन्सहरुले कमिशन खाएर नचाहिदो काम गप्यो । यस्ता वस्तुमा लगानी गर्नुको साटो औधोगिक क्षेत्रमा लगानी गर्नुपथ्यो ।

तर, अहिले खरिद गर्ने मान्छे नभएपछि बेंकफाइनेन्स त सखापै बन्ने स्थितिमा आइपुग्यो । उसले लगानी गरेको धितोको मुल्य घट्दै जान्छ, बैंकको व्याज बढ्दै जान्छ । अनि बैंकफाइनेन्सले कसरी उठाउने रु बन्द हुनबाहेक बैंकफाइनेन्ससंग अरु केही विकल्प नै छैन् । यो कुरा थाहा पाउनेजति पैसा निकाल्ने होडबाजीमा लागेका छन् भने पैसा राख्नेको संख्या शुन्यजस्तै बनेको छ । भारतमा आर्थिक तरलताको अभाव हुन थालेपछि त्यहाको सरकारले २०७३ कात्तिक २३ गते एउटा निर्णय गरेको थियो । भारतीय जनताले पैसा लुकाउन थालेपछि पाँचसय र हजारको भारतीय रुपैंयालाई प्रतिबन्ध लगाउने निष्कर्ष निकाल्यो । ५० दिनको अवधि दिएर भारतीय सरकारले आफुसंग भएको सम्पुर्ण रकम सरकारी बैंकमा लगेर राख्न लगायो । यो निर्णय गरेपछि त्यहाको जनताले आफुसंग भएको पाँचसय र हजारको नोट सरकारलाई बुझाए । त्यहाँको आर्थिक संकट समाधान भयो भने कालोधन सबै बाहिर निस्कियो । राज्यलाई राजस्व छलेर कमाएका, भ्रष्ट्राचार गरेका सबै रकम बाहिर आयो । अब नेपाल सरकारले पनि यही निर्णय कार्यान्वयनमा ल्याउनुपर्छ । भ्रष्ट्राचार गरेर, राजस्व छलेर लुकाएर राखेको पैसाजति सबै बाहिर आउछ । दुई महिनाको समय दिएर पाँचसय र हजारको नोट सरकारी बैंकमा लगाउन राख्नेबित्तिकै अर्थतन्त्र तङग्रिन्छ । यता, अहिले भएको तरलता अभाव पनि हल हुन्छ ।

सरकारले यो निर्णय लागु गर्न ढिलो भइसकेको छ । यो निर्णय गर्नमा सरकारले ढिलासुस्ती गर्ने हो भने अर्थतन्त्र अझै धरासायी बन्दै जान्छ । बैंकफाइनेन्समा भएको पैसा घरमा ल्याएर राख्ने क्रम बढ्छ । घरमा लुकाएर राखेर पैसा निकाल्ने एउटा मात्र उपाय बाँकी छ । घरघरमा आएर अर्थमन्त्री र राष्ट्र बैंकको गर्भनरले पैसा खोताल्ने कुरा भएन् । अर्थतन्त्रमा सुधार ल्याउने एउटै मात्र उपाय पाँचसय र हजारको नोटमा प्रतिबन्ध हो । अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर र प्रधानमन्त्री आटिलो भएर यो निर्णय गर्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्