नेपाली बजारमा आयो नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । यसका साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरणसमेत गरेको हो ।

अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए। आधुनिक स्टाइलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजारबाट क्षमताको मोटर जडान गरेको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ। यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टमसमेत उपलब्ध गराइएको छ। यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्