बैंक अफ काठमाण्डू र रोडहाउस क्याफे पोखराबीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकक ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउन सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तान गर्नुपर्दछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्