‘देशभर नै पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको छ’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको दाबी गरका छन् । आईतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे हुन् ।

नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् । रावणसँग तुलना गरेका हुन् । उलने रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्