पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री पौडलको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताए । देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताए । माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए । उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाई गरेको बताए ।

माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गरे । उनले समाजवादी क्रान्तिको लागि शक्तिशाली पार्टी निर्माणको संकल्प गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्