ग्लोबल टेक्नोलोजीले गर्यो शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिपसिरिज शाओमी १२ सिरिजमध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको छ । प्रि–अर्डरमा यो फोन विशेष अफरसहित चैत्र ११ बाट १५ गतेसम्मको लागि बुकिङ खुल्ला गरेको हो ।  उपभोक्ताहरुले फोन किन्दा ५ हजारको क्यास ब्याक पाउनुका साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मीपोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्ने ग्लोबल टेक्नोलोजी लिडर शाओमीले जनाएको छ ।

शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबिप्लस २५६ जिबिको एक लाख १४ हजार ९९९ मा पाउन सकिने शाओमीले जनाएको छ । फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू रहेको शाओमीले जनाएको छ । यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । यस्तै छिटो चार्ज हुने, यसमा १२० वटाको फास्ट चार्जिङ रहेको शाओमीले बताएको छ । यस्तै ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले, 12GB±256GB को स्टोरेजमा उपलब्ध रहेको बताइएको छ । 50MP  को मेन क्यामेरा र 50MP टेलिफोटो + 50 MP वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको रहेको शाओमीले जनाएको छ । यस्तै गुडिरहेको गाडीको फोटो खिच्न, तीनवटै क्यामेराहरूमा नाइट मोड सेन्सरहरू, सेल्फीको लागि घद्दएमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स, रियल सराउन्ड साउन्डको एक्स्पिरियन्स दिने विशेषता रहेको शाओमीले जनाएको छ । शाओमी १२ प्रोको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला गरिएको र मार्च ३० देखि बिक्री शुरु हुने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्