ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्ट सर्भिस प्रा.लीबीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिस प्रा.लीसंग सम्झौता गरेको छ । बैंकको मोवाईल बैंकिङ र्माफत  BharatPe, Paytm, Google Pay लगायतका भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न उद्देश्यले उक्त सम्झौता भएको हो ।

बैंकको मोबाईल बैंकिङको प्रयोग गरी भारतमा सामान खरिद गर्दा क्यूआर मार्फत BharatPe, Paytm, Google Pay  लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ । उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने छ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तैBharatPe, Paytm, Google Pay आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिन्छ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि मिल्ने छ । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिएको छ । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले सदैव अग्रसर भएको पाइन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्