रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस 

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । रगत अभावका बेला नेपाल पत्रकार महासङ् जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।

पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गरे । यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागाई , सामाजिक कार्यकर्ता रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायतले रक्तदान गरेका छन् ।

विसं २०११ चैत १६ गते पत्रकार महासङ्घको स्थापना भएको हो । महासङ्घको स्थापना दिवसका अवसरमा सहभागी प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नाका साथै सञ्चार क्षेत्रले सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानुन र संरचना निर्माणका लागि महासङ्घले थप पहल र खबरदारी गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्