चिल्ली खोलामा मोटरेवल पुल बन्यो, बाह्रैमास यातायात सेवा सञ्चालन गर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

लमजुङ । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताए ।

पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ । पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्