सत्ता गठबन्धनको बैठक बिहीबार बस्दै, गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल गरिने 

Ad
  • कालोपाटी सम्बाददाता
 काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्ने भएको  छ ।  गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल  गर्न बिहीबार साढे १० बजे बैठक बस्ने भएको हो  ।
वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए । बुधबार चितवन पुगेका प्रचण्डले भोलिको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए ।
‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने भनेर छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दैछ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं’, प्रचण्डले भनेका छन्,

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्