तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्