नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको प्रधानमन्त्री देउवाको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । बिहीवार रिपोर्टस क्लवको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताए । प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताए ।

उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्