आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा वैशाख ९ गते हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारणसभा वैशाख ९ गते हुने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा वैशाख ९ गते लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७ र ७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांश गरी कुल ७।३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०।५३ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्