‘देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी हो’ : नेता खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन् । बिहीवार काटमाडौंमा रिर्पोट्स क्लवको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताएका हन् ।

उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए । उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्